Monday, November 17, 2008

एटीएस, मिडीया र सत्तारुढ दलहरु निहीत स्वार्थबाट परिचालित छन ?

विगत केही समय देखि भारतमा सरकारी जांच एजेंसीले हिन्दु संगठनबाट आबद्ध व्यक्ति तथा धर्मगुरु माथि आतंकवाद को आरोप लगाएर जांच गरी रहेका र अर्को तर्फ मिडीयाले सम्पुर्ण हिन्दु समाजलाई दोषीको रुपमा चित्रित गर्ने काम गर्दै आएका छन। आतंकवादको कुनै धर्म हुन्दैन र सबै आतंकवाद निंदनिय छन। कस्को विरुद्ध आतंकवादी आक्रमण भएको हो भन्ने कुराबाट मतलब न राखी हामी सबै प्रकारका आतंकवादको विरोध गर्छौ। तर, भारतमा हिन्दुहरु विरुद्ध वर्षेपिच्छे अनेक आतंकवादी धटनाहरु भई रहेको र त्यस्को नियंत्रणको लागि कडा कानुन निर्माण नियंत्रण गर्ने मांग गर्दा झन नरम कानुनको बनाउने काम सरकारबाट भएको कुरा बिर्सन सकिन्दैन । भारतमा जेहादी, नक्सली र माओवादी आतंकवादको शिकार हिन्दुहरु नै बन्दै आएका छन जस्को नियंत्रणको लागि भारत सरकारले ढुलमुल र नरम रवैया अपनाई राखेको अनुभुति पनि हामीले गर्दै आएका छौ। भारतमा आतंकवादबाट सबै भन्दा अधिक पिडीत रहेको हिन्दु समाज माथि नै भारत सरकार र मिडीयाले कपोल कल्पित र मनगढंत आरोप लगाई रहेको छ। अहिले भारतीय जांच एजेंसी र मिडीयाले जुन प्रकारको सक्रियता र कल्पनाशीलता देखाई रहेको छ त्यो आश्चर्यलाग्दो छ। भारतीय जांच एजेंसी को काम गर्ने तरीका, भारतको विदेशी दलाल मिडीयाको व्यवहार र सतारुढ दलका नेताहरुको गैरजिम्मेवारपुर्ण वक्तब्यबाट सतारुढ पार्टीहरुले निहीत राजनैतिक स्वार्थको लागि हिन्दुहरुलाई बदनाम गर्ने नियतले काम कारवाही गरी रहेको संदेह र शंका गर्ने प्रयाप्त आधारहरु छन। न्यायपुर्ण जांचको विरोध गर्न हुन्दैन तर हिन्दु समाजलाई बदनाम गर्ने नियतबाट कुनै काम कारवाही भई रहेको भए त्यसलाई तत्काल रोक्नु पर्दछ। साथै भारतमा नक्सली, माओवादी, जेहादी र अन्य सबै प्रकारको आतंकवादलाई निर्मुल पार्न भारत सरकारले एक समान चासो र तदारुकता देखाउनु पर्दछ।

No comments: